PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

केन्द्रीय कार्यसमिति बैठकमा देउवाले भने, ‘संयमता अपनाएर अगाडि बढौं’



पहिलोपोस्ट

केन्द्रीय कार्यसमिति बैठकमा देउवाले भने, ‘संयमता अपनाएर अगाडि बढौं’

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसहित गरेको मध्यावधि निर्वाचन घोषणाविरुद्ध रणनीति बनाउन सानेपामा दिउँसो १ बजे बैठक बसेको थियो।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही सदस्य मात्रै बोलेका थिए। सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न सबैलाई आह्वान गरे।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले सबै केन्द्रीय सदस्य बोलिसकेपछि निर्णयमा पुगिने जानकारी दिए। भोलि १ बजे फेरि बैठक बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell