PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

केन्द्रमा विभाजन बढेपछि नेकपाका जिल्ला अध्यक्षको सुझाव, ‘भावनामा खेलेर पूर्वएमाले र पूर्वमाओवादी नबन्नुस्’



पहिलोपोस्ट

केन्द्रमा विभाजन बढेपछि नेकपाका जिल्ला अध्यक्षको सुझाव, ‘भावनामा खेलेर पूर्वएमाले र पूर्वमाओवादी नबन्नुस्’

बझाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जिल्लाका नेताकार्यकर्तालाई पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।

प्रतिनिधिसभा विघटन भएपछि जिल्ला तथा देशभर सोको समर्थन र विरोधमा नाराजुलुस भएपछि उनले हरेक सच्चा कम्युनिस्टका कार्यकर्ताले सत्यतथ्यका आधारमा समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एक ढिक्का राख्न योगदान दिन आग्रह गरे।

अध्यक्ष कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौतीलाई कुशलतापूर्वक सामना गरे मात्रै सही विचार र नेतृत्व स्थापित हुने र त्यो मार्क्सवादी मान्यता भएको जनाउँदै भावनामा खेलेर पूर्वएमाले र पूर्वमाओवादी नबन्न सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell