PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

प्रचण्ड नेपाल समूहको अनेरास्ववियुद्वारा ओली सरकारविरुद्ध प्रदर्शन

प्रचण्ड नेपाल समूहको अनेरास्ववियुद्वारा ओली सरकारविरुद्ध प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पक्षका विद्यार्थीहरुले राजधानीमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

नेकपाको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वियू) प्रचण्ड नेपाल समूहका विद्यार्थीले केपी शर्मा ओली सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले केपी शर्मा ओली सरकारले संविधानमाथि कू गरेको भन्दै नाराबाजी समेत गरे।

पार्टी विभाजनको संघारमा पुग्दा अनेरास्ववियुसहित अन्य भ्रातृ संगठनहरु पनि विभाजित भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell