PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रचण्ड-नेपाललाई ३ सय १० केन्द्रीय सदस्यको साथ



पहिलोपोस्ट

प्रचण्ड-नेपाललाई ३ सय १० केन्द्रीय सदस्यको साथ

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले ३ सय १० जना केन्द्रीय सदस्यको साथ पाएका छन्।

मंगलवार बबरमहल स्थित कार्की पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ३ सय १० जनाले हस्ताक्षर गरेका छन्। जम्मा ४ सय ४६ जना कमिटीका सदस्य मध्ये ३ सय १० ले आज हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने बाँकी १ सय ३६ जनाको मात्रै साथ रहेको छ।

पार्टी कमिटीमा अल्पमतमा रहेका ओलीले आजै आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बोलाएर ५ सय ५६ केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत देखाउने प्रयास थालेका छन्।

तर प्रचण्ड-नेपाल समूहले ओलीले मनोनित गरेका केन्द्रीय सदस्य बैधानिक नभएको बताएको छ।

भदौ २६ को सहमति उल्लंघन गरेको भन्दै सुरु भएको नेकपाको आन्तरिक कचलो हाल पार्टी फुटकै अवस्थामा पुगिसकेको छ। तर दुबै समूह पार्टी फुटको विपक्षमा रहेको दाबी गर्दै आएका छन्।

ओलीले संसद नै बिघटन गरिदिएपछि पार्टीमा विभाजन देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell