PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

प्रचण्ड र माधव नेपालको केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट हटायो



विधुर ढकाल

प्रचण्ड र माधव नेपालको केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट हटायो

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारवाही गरेको छ।

अनुशासनको कारवाही सम्बन्धिको प्रस्तावलाई पारित गर्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय बैठकमा भएको हो। ओलीलाई पदबाट मुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो।

असंवैधानिक कदम चालेर संसद भंग गरेको भन्दै प्रचण्ड-नेपाल समूहले ओलीलाई कारवाही गरेको बताएको छ।

आजै बसेको स्थायी कमिटी बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गर्दै केन्द्रीय कमिटिमा प्रस्ताव ल्याएको थियो।

ओली र वरिष्ठ नेता माधव नेपालले ३ सय १५ जना केन्द्रीय सदस्यको साथ पाएका छन्।

मंगलवार बबरमहल स्थित कार्की पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ३ सय १५ जनाले हस्ताक्षर गरेका छन्। जम्मा ४४१ जना कमिटीका सदस्य मध्ये ३ सय १५ ले आज हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने बाँकी १ सय ३६ जनाको मात्रै साथ रहेको छ।

पार्टी कमिटीमा अल्पमतमा रहेका ओलीले आजै आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बोलाएर ५ सय ५६ केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत देखाउने प्रयास थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell