PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रधानमन्त्री ओलीको समर्थनमा आरआर क्याम्पस अगाडि दीप प्रज्वलन

प्रधानमन्त्री ओलीको समर्थनमा आरआर क्याम्पस अगाडि दीप प्रज्वलन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि दीप प्रज्वलन गरिएको छ। प्रधानमन्त्री ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले मंगलवार क्याम्पस अगाडि दीप प्रज्वलन गरेका हुन्।

नेकपाको विवाद उत्कर्षमा पुगिरहेका बेला दुई खेमाका नेता तथा कार्यकर्ताहरुले समर्थन तथा विरोध प्रदर्शन गरिरहेका छन्। ओली निकट नेता तथा कार्यकर्ताहरुले समर्थनमा प्रदर्शन गरिरहेका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल निकटका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा फुटको संघारमा पुगेको छ। दुई पक्षले छुट्टाछुट्टै बैठक र निणर्यहरु गरिरहेका छन्। यता अन्य पार्टी पनि संसद विघटनको विरोध गरिरहँदा केहीले समर्थन पनि देखाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell