PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीद्वारा राष्ट्रिय उद्धार यात्राको शुभारम्भ, भने, ‘म प्रधानमन्त्री हुँदा देशमा सडक मानव रहनु अशोभनीय’



पहिलोपोस्ट

ओलीद्वारा राष्ट्रिय उद्धार यात्राको शुभारम्भ, भने, ‘म प्रधानमन्त्री हुँदा देशमा सडक मानव रहनु अशोभनीय’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका हरेक मानिसलाई मानवीय जीवन दिनु आफ्नो जिम्मेवारी रहेको बताएका छन्। उनले आफू प्रधानमन्त्री हुनु र देशमा सडक मानव रहनु अशोभनीय भएको बताए। मानव सेवा आश्रमले सुरु गरेको राष्ट्रिय उद्धार यात्राको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका ओलीले नेपाललाई सडक मानव मुक्त बनाउने बताएका हुन्।

कार्यक्रममा ओलीले भने, 'मेरा छोराछोरी छैनन्। सन्तानप्रतिको माया कस्तो हुन्छ थाहा छैन। तर, यदी सन्तान हुन्थे भने पनि म उनीहरूलाई जतिकै माया सडकमा आश्रितलाई गर्थेंजस्तो लाग्छ।'

देशभरका सडक पेटीमा रहेका असाहय, अशक्तलगायतको उद्धार गर्नु राज्यको काम भएपनि मानवसेवा आश्रमले यस कार्यको थालनी गरेकोमा खुशी व्यक्त गरे। भने, 'सायद राज्यको दृष्टिकोणमा सडकका मानिस परेनन्। वा उनीहरूको उद्धारमा राज्यको सामर्थ्य पुगेन। तर, मानवतालाई मूल नारा बनाएर अघि बढेको यो समूहलाई सरकारले सधैं साथ र सहयोग पुर्‍याउँछ।'

उनले आश्रमको उद्देश्यबारे आफूलाई बताएकोमा श्रीमती राधिका शाक्यलाई धन्यवाद व्यक्त गरे। भने, 'यो महान अभियानमा मलाई जोडेकोमा धन्यवाद।'

मेचीदेखि महाकालीसम्मका सडकमा भेटिएका मानिस उद्धार गर्दै मानव सेवा आश्रममा लग्ने यस अभियानका लागि शुभकामना व्यक्त गरे। भने, 'तपाईंहरू खोज्न जानुस्। तर तपाईंहरूले खोज्नु भएको कोही नभेटिउन्।'  

राधिका शाक्यले अभियान सम्बन्धी परिचयात्मक भिडियो प्रदर्शनसँगै यात्राको शुभारम्भ गरिन्। मंगलवार बालुवाटारमा आयोजित कार्यक्रममा उनले भनिन्, 'संरक्षकको हिसाबले त यस अभियानप्रति मेरो साथ तथा समर्थन छँदैछ। तर मानव हुनुको हैसियतले पनि आश्रमले जे जति काम गरिरहेको छ। त्यसमा सधैं मेरो सद्भाव तथा सम्मान छ।'

उक्त अवसरमा प्रधानमन्त्रीले मानव सेवा आश्रमले २०७२ सालमा सडकबाट उद्धार गरी संरक्षण दिएको दुई बङ्गलादेशी नागरिकलाई बङ्गलादेश दुतावासलाई जिम्मेवारी दिए।

राष्ट्रिय उद्धार कार्यक्रम १ महिना लामो हुनेछ। यात्रा अवधिमा चार सयभन्दा बढी सडक मानवको उद्धार हुने प्रारम्भिक अनुमान रहेको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए। यात्रा पुस ७ गते झापाबाट सुरु हुनेछ। उद्धार कार्यका लागि ३० जना स्वयं सेवी खट्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell