कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्ला तहमा पनि चर्किन थालेको छ।
नेकपाको कैलाली पार्टी कार्यालयमा दुई वटा ताला लगाइएको छ। ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षले आआफ्नै ताला पार्टी कार्यालयमा लगाएका हुन्।
ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले त्यसको सुरुवात गरेको हो। पछि प्रचण्ड-नेपाल पक्षका नेता कार्यकर्ताले उक्त ताला माथि अर्को ताला लगाएका छन्।
उक्त घटनापछि प्रचण्ड-नेपाल पक्षले नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा पनि ताला लगाइदिएका छन्।