PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, आइसकेकालाई क्वारेन्टाइन अनिवार्य



पहिलोपोस्ट

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, आइसकेकालाई क्वारेन्टाइन अनिवार्य
फाइल फोटो

काठमाडौंः सरकारले बेलायतबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ। यस्तै पुस १ गतेपछि नेपाल प्रवेश गरेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेको छ।  

मंगलबार बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले प्रवेश रोक लगाउने निर्णय गरेको हो। समितिले अन्य देशबाट बेलायत ट्रान्जिट हुँदै आउन समेत रोक लगाएको छ।

नेपाल आउने तयारीमा ट्रान्जिटमा रहेकालाई पनि १० दिन क्वारेन्टाइन बस्न अनिवार्य गरिएको छ। क्वारेन्टाइनपछि मात्र गन्तव्यमा जान समितिले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell