काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा रहेका बेला भण्डारीसँग यान्छीले भेट गरेकी हुन्।
स्रोतका अनुसार यान्छी राष्ट्रपति भवन शीतलनिवासमा एक घण्टाभन्दा बढी बसेकी थिइन्। यान्छी करिब सात बजे शीतलनिवास पुगेकी थिइन्।
द्धिपक्षीय भेटबारे कुनै पनि सूचना बाहिर आएको छैन।
