PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

फोटोमा हेर्नुस् शिलान्यासको १५ महिनापछि यसरी सुरु भयो नागढुङ्गा-नौबिसे सुरुङमार्ग

फोटोमा हेर्नुस् शिलान्यासको १५ महिनापछि यसरी सुरु भयो नागढुङ्गा-नौबिसे सुरुङमार्ग

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्ग खन्ने काम औपचारिक रुपमा सुरु  भएको छ। शिलान्यासको १५ महिनापछि मंगलबारबाट औपचारिक रुपमा सुरुङ खन्ने काम सुरु भएको हो।

गत वर्षको असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। त्यसयता च्यानल निर्माण, सुरुङ मार्गसम्म पुग्ने पुल निर्माण, मुआब्जा वितरण, क्याम्प निर्माणलगायतका कामहरु हुँदै आएका थिए।

सुरुङमार्ग निर्माणको काम जापानिज कम्पनी हाज्माआन्दोले लिएको छ। सुरुङ मार्ग निर्माणको लागि चाहिने सामाग्री जापानबाट ल्याउनु पर्ने भएकाले पनि समय लागेको बताइएको छ।

हाल स्केप्ट टनेल निर्माणबाट सुरुङमार्गको काम थालिएको हो। स्केप्ट टनेल सुरुङ मार्गसँग समानान्तर रुपमा रहने आकस्मिक मार्ग हो। मुख्य सुरुङमार्गको हरेक ३७५ मिटरमा स्केप्ट टनेल निर्माण गरिन्छ। सुरुङ मार्गमा दुर्घटना भएको खण्डमा सोही मार्ग भएर उद्धार गर्ने गरिन्छ।

मंगलबार सुरुङमार्गको १ मिटर खन्ने काम भएको छ। बुधबारबाट दिन र रातमा समेत गरेर कामले गति लिने बताइएको छ। अब सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा अघि बढ्ने आयोजनाले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell