PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सोसिडाडलाई हराउँदै एट्लेटिको मड्रिडको शीर्षस्थानमा



पहिलोपोस्ट

सोसिडाडलाई हराउँदै एट्लेटिको मड्रिडको शीर्षस्थानमा

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एटलेटिको मड्रिडले रियल सोसिडाडमाथि जित निकालेको छ। एनोएटा स्टेडियममा भएको खेलमा घरेलु टोली सोसिडाडमाथि मड्रिडले २-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा मड्रिडका लागि यानिक कारास्कोको पासमा मारियो हरमोसोले गोल गरेका थिए। उनले खेलको ४० मिनेटमा गोल गर्दा कारास्कोको पासमा मार्कोस लोरेन्टेले ७४ औं मिनेटमा गोल थपे। र, एटलेटिकोले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै एट्लेटिकोले शीर्षस्थानमा तीनअंकको अग्रता बनाएको छ। एट्लेटिको मड्रिड १३ खेलबाट ३२ अंक जोड्दै शीर्षस्थानमा छ भने दोस्रो रहेको रियल मड्रिडको २९ अंक तेस्रो स्थानमा रहेको रियल सोसिडाडको २६ अंक छ।

गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि जित निकालेको थियो। बार्सिलोना भने २४ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell