PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा



पहिलोपोस्ट

आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा

इएफएल कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली आर्सनललाई सिटीले ४-१ गोलअन्तरले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमा गाब्रियल जिससले सिटीलाई अग्रता दिलाएका थिए। यद्यपि खेलको ३१ औं मिनेटमा घरेलु टोलीका लागि अलेक्जेन्ड्रे लकाजेटले गोल फर्काए। र, पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा रियाद महरेजले सिटीलाई फेरि अग्रता दिलाए। उनले खेलको ५४ औं मिनेटमा गोल गर्दा फिल फोडेनले ५९ औं मिनेटममा गोल थप्दै सिटीको अग्रतालाई बढाए। त्यस्तै फोडेनकै पासमा एमेरिक लापोर्टेले ७३ औं मिनेटममा गोल गर्दा म्यानचेस्टर सिटीले पछिल्लो समय खराब लयबाट गुज्रिरहेको आर्सनलमाथि ४-१ गोलअन्तरले जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell