PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेकपा संसदीय दलको नेतामा अब प्रचण्ड! प्रधानमन्त्रीमा पनि प्रस्ताव गरिँदै



प्रकाश भण्डारी

नेकपा संसदीय दलको नेतामा अब प्रचण्ड! प्रधानमन्त्रीमा पनि प्रस्ताव गरिँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी - नेकपा प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बुधवार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक तय भएको नेता देव गुरुङले जानकारी दिए।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने उनले बताए। मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ। प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दलमा फुट आएको हो। यता प्रधानमन्त्री ओलीले भने हिजै स्थायी कमिटी विस्तार गरी आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास गरिसकेका छन्।

संसदीय दलको बैठकले दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ। त्यसैगरी उनलाई अबको प्रधानमन्त्रीका रुपमासमेत प्रस्ताव गर्ने तयारी बैठकले गरेको गुरुङले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell