सिड्नीमा क्रिष्टमसको समय पनि कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध जारी रहने भएको छ। संक्रमण रोक्न सामाजिक सभा, सम्मेलन तथा अन्य कार्यक्रममा रोक लगाइएको हो।
पर्व विशेष बिदा अवधिमा एक घरमा १० जनासम्म आगन्तुक भित्र्याउन पाउँनेछन्। डिसेम्बर २४ देखि २६ सम्म मात्र बालबालिका आगन्तुकका रुपमा हिँड्न पाउँनेछन्।
सिड्नीमा बुधवार संक्रमणको ८ वटा नयाँ केस देखिए। न्यू साउथ वेल्स राज्य सरकारका अनुसार यो साता ९८ नयाँ केस देखिएका छन्। त्यहाँ संक्रमण फैलन नदिन प्रयास भइरहेको बीबीसीमा जनाइएको छ। जसका लागि तीन दिन यता एक लाख २४ हजारभन्दा बढी मानिसको परीक्षण गरिएको छ। पछिल्लो समय त्यहाँ सामुदायिक स्तरमा संक्रमण फैलिएको छैन।
आइतवारसम्म लकडाउन जारी रहने बताइएको छ।
अस्ट्रेलियाले कोभिड-१९ विरुद्ध समुदाय एवं राज्यस्तरबाटै प्रावधान बनाउने र लागू गर्ने गरेको छ। तिव्र कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउनुले पनि त्यहाँको अवस्था भयावह नबनेको जनाइएको छ।
