PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नेकपाको आधिकारिकताका लागि बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउँदै प्रचण्ड-नेपाल समूह



पहिलोपोस्ट

नेकपाको आधिकारिकताका लागि बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउँदै प्रचण्ड-नेपाल समूह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकताका लागि प्रचण्ड-नेपाल समूह हस्ताक्षर निर्वाचन आयोगमा जाँदै छ।

नेकपाको कुल ४४१ केन्द्रीय सदस्य मध्ये ३१५ जनाको हस्ताक्षरसहित नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गर्न लागेको हो।

आयोगमा हस्ताक्षरसहित नेता लिलामणि पोखरेल, सुरेन्द्र पाण्डेसहितका नेताहरु निर्वाचन आयोग जाँदै छन्। यसको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ। यसअघि मंगलवार ओलीपक्षले ४४१ सदस्यमा ५५६ सदस्य थप गरी निर्वाचन आयोगमा जानकारी पठाइसकेको छ।

अर्को तिर प्रचण्ड-नेपाल समूहले मंगलवार नै पार्टीको केन्द्रीय कमिटीको बैठक बसाली ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell