काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रको बहुमत सदस्यहरुको बैठक अहिले वानेश्वरमा सुरु भएको छ।
प्रचण्ड-नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको हो। बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गर्दै छ।
संसदीय दलमा प्रचण्ड नेपाल समूहसँग ९० प्रतिनिधिसभा सदस्य र २४ राष्ट्रिय सभा सदस्यको हस्ताक्षर तयार छ।
