PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रधानमन्त्री ओलीले मागे गृहमन्त्रीको साथ, थापाले भने 'म सकारात्मक छु'



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले मागे गृहमन्त्रीको साथ, थापाले भने 'म सकारात्मक छु'

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर गृहमन्त्री रामबहादुर थापाले ओलीलाई भेटेका हुन्।

छलफलमा प्रधानमन्त्री ‌ओलीले आफूलाई सहयोग गर्न गृहमन्त्री थापालाई आग्रह गरेको गृहमन्त्री थापा स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेर आफ्नो पक्षमा नेताहरुलाई पार्न र केन्द्रीय सदस्य नियुक्ति गर्न लागि परेका छन्।

गृहमन्त्री थापाले अहिलेसम्म ओली पक्षक कि प्रचण्ड- नेपाल पक्षतिर भन्ने स्पष्ट प्रतिकृया दिइसकेका छैन। त्यसो त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि गृहमन्त्री थापालाई आफूलाई साथ दिन आग्रह गरिरहेका छन्।

बुधवार भएको प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री थापाले आफू सकारात्मक रहेको बताए छन्। त्यसो त प्रचण्डसँगको भेटमा पनि उनले सकरात्मक भएपनि केही समय सोच्नको लागि चाहिने बताएका थिए।

' प्रचण्डलाई झैं सकारात्मक रहेको प्रतिकृया प्रधानमन्त्रीलाई दिनु भएको छ।' गृहमन्त्री स्रोतले भन्यो।

तर प्रधानमन्त्रीको भेटमा थापा अलि बढी सकारात्मक देखिएका छन्। प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबिच करिब १ घण्टा कुराकानी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell