PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नेकपा प्रचण्ड समूहले बनायो प्रचण्डलाई संसदीय दलको नेता, ओलीलाई हटाइयो

नेकपा प्रचण्ड समूहले बनायो प्रचण्डलाई संसदीय दलको नेता, ओलीलाई हटाइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेतामा चयन गरेको छ।

आज बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरेको हो।

प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २૪ जनाले प्रचण्डलाई नेता चयन गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेको छ। ओली र प्रचण्ड समूह अहिले आफूलाई वैधानिक कायम गराउन लागिपरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell