PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

केन्द्रीय कमिटीका बहुमत सदस्यको हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूहले आधिकारिकताका लागि दियो निवेदन

केन्द्रीय कमिटीका बहुमत सदस्यको हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूहले आधिकारिकताका लागि दियो निवेदन


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको छ।

दलको आधिकारिकताका लागि केन्द्रीय कमिटीका बहुमत सदस्यको हस्ताक्षर सहित निवेदन दिएको हो।

निवेदन दिन सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका छन्। 

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको समूहले भने मंगलवारै हस्ताक्षरसहितको निवेदन बुझाइसकेको छ। 

यो पनि पढ्नुस् :

नेकपा प्रचण्ड समूहले बनायो प्रचण्डलाई संसदीय दलको नेता, ओलीलाई हटाइयो



ट्रेन्डिङ पोस्ट

Ncell