PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

किन बनेन 'हेरा फेरी'को तेस्रो संस्करण?



पहिलोपोस्ट

किन बनेन 'हेरा फेरी'को तेस्रो संस्करण?

बीस वर्षअघि फिल्म 'हेरा फेरी' प्रदर्शनमा आयो। तर, फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरेन। समयसँगै फिल्मको चर्चा भने बढ्दै गयो। जसका कारण फिल्मको दोस्रो संस्करण 'फिर हेरा फेरी' बन्यो। बम्पर सुरुवातसहित। वर्षौसम्म टेलिभिजनमा देखाउँदा समेत फिल्म सफल रह्यो।

फिल्मका विभिन्न संवाद र दृश्यमाथि मिम बने। सामाजिक सञ्जालमा ती मिम चलायामान छन्। दर्शकले रुचाएकै कारण फिल्मको तेस्रो संस्करण घोषणा भयो। निर्माता फिरोज नाडियावालाले छायाँकन समेत सुरु गरेका थिए। तर, फिल्मका दुई मुख्य कलाकार अक्षय कुमार र सुनिल सेट्ठी बिनै। फिल्ममा परेश रावलसँग जोन अब्राहम र अभिषेक बच्चन अनुबन्धित थिए। अभिनेत्री नेहा शर्मासहित। तर, आर्थिक भारका कारण फिल्मको काम अघि बढेन।  

बलिउड हंगामाले स्रोतलाई उल्लेख गर्दै लेखे अनुसार फिरोजले अक्षयलाई फिल्मका लागि प्रस्ताव राखेका थिए। अक्षयले भने दुईवटा सर्त अघि सारे। पहिलो सर्त – उनले फिल्मलाई राज शान्दिल्याले निर्देशन गर्नुपर्ने बताए। दोस्रो सर्त – अक्षयले ७ प्रतिशत नाफा रकमको माग गरे।

 फिल्म निर्देशनका लागि राज शान्दिल्या तयार भएनन्। यता दोस्रो सर्त स्वीकार गर्न निर्माता फिरोजलाई गाह्रो भयो। त्यसपछि सन्‍ २०१८ मा पुन: फिल्म बन्ने चर्चा थियो। निर्देशक इन्द्रकुमारको निर्देशनमा। तर, चर्चा चल्यो फिल्म अघि बढेन।

फिल्मको पहिलो संस्करणलाई प्रियादर्शनले निर्देशन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell