PahiloPost

May 14, 2025 | १ जेठ २०८२

‘प्रतिनिधिसभा पुनःस्थापना गर’ भन्दै जसपाले काठमाडौंमा निकाल्यो विरोध र्‍याली

‘प्रतिनिधिसभा पुनःस्थापना गर’ भन्दै जसपाले काठमाडौंमा निकाल्यो विरोध र्‍याली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा विरोध र्‍याली निकालेको छ। असनबाट शुरु भएको विरोध र्‍याली इन्द्रचोक, बसन्तपुर हुँदै भेडासिंहमा आएर कोण सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरुले ‘निरकुंश प्रधानमन्त्री मुर्दावाद’, ‘प्रतिनिधिसभा पुनःस्थापना गर’, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रपति संस्थाको मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।

संसद विघटनको विरोधमा जसपाले बुधवार देशभर विरोध कार्यक्रम आयोजना गरेको हो। त्यसै क्रममा प्रदर्शनमा सहभागी जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावादी सोचको साथ देशमा तानाशाही बन्न खोजेको आरोप लगाए। ओलीले देशमा संकटकाल घोषणा गर्नतर्फ लागेको आरोप समेत नेताहरुले लगाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell