PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी-बैंकक सिधा हवाई सम्पर्कमा नेपाल चेम्बर अफ कमर्सको जोड



रासस

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी-बैंकक सिधा हवाई सम्पर्कमा नेपाल चेम्बर अफ कमर्सको जोड

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यमा जोड दिएको छ। थाइल्याण्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा चेम्बरले आज आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लुम्बिनी-बैंकक सिधा हवाई उडानमा जोड दिए। उनले नेपाल र थाइल्याण्डबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनको सम्भावनालाई उपयोग गर्न र ‘बौद्ध परिपथ’ प्रवर्द्धनका लागि लुम्बिनी–बैंककबीच सिधा हवाई सम्पर्कका लागि पहल गरिनुपर्ने धारणा राखे।

सो अवसरमा राजदूत भोसिताले नेपाली व्यवसायी संस्थासँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए। पर्यटन क्षेत्र विस्तारका लागि ‘बौद्ध परिपथ’को अवधारणा तथा बैंकक-लुम्बिनीबीचको सिधा हवाई सम्पर्कलाई सकारात्मकरुपमा लिएकोे बताएको चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell