PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

विघटनको तीन दिनपछि सभामुखको वक्तव्य, ‘सरकार गठनको विकल्प हुँदासम्म प्रतिनिधिसभा भंग हुन्न’



पहिलोपोस्ट

विघटनको तीन दिनपछि सभामुखको वक्तव्य, ‘सरकार गठनको विकल्प हुँदासम्म प्रतिनिधिसभा भंग हुन्न’

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन्। सापकोटाले विघटनले आफू मर्माहत भएको पनि बताएका छन्।

विघटनको तीन दिनपछि औपचारिक वक्तव्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएको बताएका छन्। 

वक्तव्यमा उनले भनेका छन्, ‘संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ। यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो। विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ।’

संवैधानिक सर्वोच्चता कायमका लागि गम्भीर बन्न सवै पक्षलाई उनले आह्वान पनि गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell