स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले ग्रानडामाथि २-० ले जित निकालेको हो।
पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा रियलले दोस्रो हाफमा कासेमिरोको गोलमा अग्रता बनाएको थियो। मार्को असेसिनोकोको पासमा कासेमिरोले खेलको ५७ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको अतिरिक्त समयलमा इस्कोको पासमा करिम बेन्जेमाले मड्रिडका लागि अर्को गोल थपे। र, मड्रिडले खेल २-० ले आफ्नो पक्षमा पार्यो।
जितसँगै रियल मड्रिडले शीर्ष स्थानमा रहेको एट्लेटीको मड्रिडसँग अंकबराबरी गरेको छ। रियल मड्रिलले १५ खेलबाट ३२ अंक बनाएर दोस्रो स्थानमा छ भने दुई खेल कम खेलेको एटलेटिको समान ३२ अंक जोडेर शीर्षस्थानमा छ।
