फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबोमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोली पीएसजीले स्ट्रासबोमाथि ४-० को रवाफिलो जित निकालेको हो।
खेलको १८ औं मिनेटमा टिमोथी पेम्बेलेको गोलमा अग्रता बनाएको पीएसजीले पहिलो हाफमा एक गोलको अग्रता बनायो। घरेलु टोलीले दोस्रो हाफमा अझ आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ७९ औं मिनेटमा एन्जेल डी मारियाको पासमा किलियन एम्बापेले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै खेलको ८८ औं मिनेटमा एड्रिसामा गुएयेले र अतिरिक्त समयमा मोइस किनले गोल गर्दै घरेलु टोलीको फराकिलो जित सुनिश्चित गरे।
जितसँगै पीएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। तालिकामा लिल र लियोन समान ३६ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।
