PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

स्टोक सिटीलाई हराउँदै टोटेनहम सेमिफाइनलमा



पहिलोपोस्ट

स्टोक सिटीलाई हराउँदै टोटेनहम सेमिफाइनलमा

ईएफएल कारबाओको कप अन्तर्गत गएराति भएको खेलमा टोटेनहमले स्टोक सिटीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। ब्रिटानिआ स्टेडियममा भएको खेलमा टोटेनहमले स्टोक सिटीमाथि ३-१ गोलअन्तरले हराएको हो।

खेलको २२ मिनेटमा ग्यारेथ बेलको गोलमा टोटेनहमले अग्रता बनाएको थियो। रियल मड्रिडबाट लोनमा टोटेनहम फर्किएयता बेलको यो तेस्रो गोल हो। पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो।

दोस्रो हाफमा स्टोक सिटीका जोर्डन थोमसनले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए। उता टोटनहमलाई खेलको बेन डेभिसले ७० औं मिनेटमा गोल गर्दै फेरि अग्रता दिलाए। त्यस्तै ८१ औं मिनेटमा ह्यारी केनले अर्को गोल थप्दा टोटेनहमले खेल ३-१ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell