नेपाली क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी र कुशल मल्ल अबुधावी टी १० लिगमा अनुबन्धित भएका छन्। सोमपाल मराठा अरेबियन्स, करण केसी पुणे डेभिल्स र कुशल टीम अबुधावी क्रिकेटबाट खेल्ने भएका हुन्।
दश ओभरको खेल हुने यो प्रतियोगितामा यसअघि सन्दीप लामिछाने र पारस खड्का सहभागिता जनाएका छन्। पूर्वकप्तान खड्का यसपटक टिम अबुधावीमा मेन्टरको भुमिकामा छन्।
Shoaib Malik is ready for action, and so are his Maratha Arabians teammates! 👏 Can he lead them to victory in the #AbuDhabiT10? 🏆 #marathaarabianst10 #inabudhabi #t10draft
Posted by T10 League on Wednesday, December 23, 2020
प्रतियोगितामा बंगला टाइगर्स, मराठा अरबिज, डेक्कन ग्लाडिएटर्स, कलन्दर्स, दिल्ली बुल्स, नर्थेन वारियर्स, पुणे डेभिल्स, टिम अबुधावी टिम रहेका छन्।
Pune Devils: Assemble! 🔥🏆 #punedevilst10 #abudhabit10 #inabudhabi #t10draft
Posted by T10 League on Wednesday, December 23, 2020
कुशल मल्ल रहेको टिम अबुधावीमा क्रिस गेल, क्रिस मोरिसलगायतका चर्चित खेलाडीहरु छन्। त्यस्तै करण केसी रहेको पुणे डेभिल्समा मोहम्मद आमिर, साम बिलिङ्सलगायतका खेलाडी छन्।
🔥 Team Abu Dhabi Cricket’s Squad! 🔥 #teamabudhabi #abudhabit10 #inabudhabi
Posted by T10 League on Wednesday, December 23, 2020
त्यस्तै सोमपाल रहेको मराठा अरेबियन्समा सोएब मलिक, मोहम्मद हाफिज, प्रविण ताम्बेलगायतका चर्चित खेलाडी छन्।
Excited with my new role with @TeamADCricket and looking forward to it.
— Paras Khadka (@paras77) December 19, 2020
Hopefully will get to build on this for Nepal cricket to grow at international level through cricketing
tie-ups and more opportunities for our cricketers through Team Abu dhabi.
Let’s do this.👊🏻👊🏻@T10League pic.twitter.com/8B7lfybUW0
