PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

नारायणी अस्पतालमा क्यान्सर र क्षयरोगको परीक्षण गर्ने प्रयोगशाला स्थापना



राधेश्याम पटेल

नारायणी अस्पतालमा क्यान्सर र क्षयरोगको परीक्षण गर्ने प्रयोगशाला स्थापना

वीरगंज : पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा फाइन निडर आस्पिरेसन सिटोलोजी (एफएनएसी)प्रविधिबाट क्यान्सर र क्षयरोग पत्ता लगाउने ल्याब स्थापना भएको छ। पुस ४ गतेदेखि सुइको माध्यमबाट कोषमा भएको रोगलाई परीक्षण गर्ने विधिबाट क्यान्सर र क्षयरोग पत्ता लगाउने परीक्षण शुरु गरिएको प्याथोलोजिस्ट डा नीरा पाठकले बताइन्।

यसअघि वीरगंजको मेडिकल कलेज, प्रभु अस्पतालमा यसको जाँच हुन्थ्यो। अहिले दैनिक दुई वटा नमूना परीक्षण भइरहेको र परीक्षण चरण पार गरिसकेर अस्पतालले स्वीकृति लिएपछि केही शुल्क तोकेर परीक्षण नियमित गर्ने लक्ष्य रहेको उनले बताइन्। यसैगरी, नारायणी अस्पतालमा माइक्रोबायोलोजिस्ट डा प्रभाकरराज पाण्डे आइसकेको र केही दिनमा रगत पिसाबको कल्चर गरिने जनाएको छ। नारायणी अस्पतालमा टाइफाइड, मलेरिया, कालाज्वरका बिरामीहरुको रगत र पिसाबको कल्चर नहुँदा महँगो शुल्क तिरेर वीरगंजका निजी ल्याबमा परीक्षण गर्दै आएका थिए। नारायणीमा यी सेवाहरु शुरु भएपछि विपन्न र मध्यम वर्गीय परिवार लाभान्वित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell