PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

जसपा नेताले सभामुखलाई भेटेर भने, ‘संसद जीवित छ, तत्काल बैठक आह्वान गर्नुस्’



पहिलोपोस्ट

जसपा नेताले सभामुखलाई भेटेर भने, ‘संसद जीवित छ, तत्काल बैठक आह्वान गर्नुस्’

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)ले संसद बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ।

सिंहदरबारमा विहीवार सभामुख सापकोटालाई भेटेर जसपाका नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्ष सुनाउँदै तत्काल बैठक आह्वान गर्न आग्रह गरेको नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन्।

भेटमा जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell