PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

नक्कली फेसबुक आइडी बनाएर ब्लाकमेलिङ गर्ने समातिए



पहिलोपोस्ट

नक्कली फेसबुक आइडी बनाएर ब्लाकमेलिङ गर्ने समातिए

काठमाडौंः प्रहरीले साइबर अपराध गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय साइबर व्यूरोको टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई हेटौडाबाट पक्राउ गरेको हो।

अस्तलमले फेक फेसबुक आइडी बनाएर बैङ्ककमा बस्दै आएकी एक महिलाको को अर्धनग्न तथा नग्न तस्वीर, भिडियो पोर्नसाईट समेत अपलोड गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

महिलाको अर्धनग्न, नग्न तस्वीर तथा भिडियो पोर्नसाईट समेतमा अपलोड गर्नुको साथै ती तस्बिर तथा भिडियोहरु उक्त पोर्नसाइटहरुबाट हटाउनको लागि रकम समेत माग्ने गरेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी फेसबुकमा नक्कली आइडी बनाएर आफन्त तथा साथीभाइलाई अश्लिल फोटो पठाउने गोरखा सुलिकोटगाउँपालिका वडा नम्बर ५ बारपाक भएका २० वर्षीय रोलकबहादुर थापालाई पनि पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell