PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

रणनीति बनाउन रामचन्द्र पौडेल समूह जुट्यो छलफलमा



पहिलोपोस्ट

रणनीति बनाउन रामचन्द्र पौडेल समूह जुट्यो छलफलमा

काठमाडौं : प्रधानमन्त्री  केपी शर्मा ओलीको रणनीतिअनुसार पार्टीका सभापति शेरबहादुर देउवाको अभिव्यक्ति आउन थालेको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक जारी छ। बैठकमा सभापति शेरबहादुर देउवाले अदालतले गर्ने व्याख्यापछि निर्णय लिने अभिव्यक्ति दिएपछि पौडेल समूह सशंकित बनेको हो। पौडेलले प्रधानमन्त्री ओलीसँग रातिराति भेट्ने गरेको भन्दै पहिले देखि नै आलोचना गर्दै आएका छन्।

त्यसैले पौडेल पक्षका नेताहरु केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषय छलफल अगाडि बढाएका हुन्। अनामनगरमा रहेको नेता पौडेलको कार्यालयमा उनीहरु छलफलमा जुटेका हुन्। रामचन्द्र पौडेलले महाधिवेशन प्रचारका अनामनगरमा कार्यालय खोलेका छन्।

आज १ बजे काँग्रेसले केन्द्रीय समिति डाके पनि पार्टी कार्यालय अहिलेसम्म सुनसान छ। देउवा पक्षका नेताहरु पनि सानेपामा देखिएका छैनन्। आजको केन्द्रीय समितिबाट काँग्रेसले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell