दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यु गर्ने भएकी छन्।
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को अति जोखिमपूर्ण मिसनमा आधारित भएर निर्माण हुन लागेको ‘मिसन मजनू’ नामक फिल्मबाट रश्मिकाले बलिउड प्रवेश गर्न लागेकी हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार १९७० को रअको मिसनमा आधारित फिल्म 'मिसन मजनू'मा अभिनेता सिद्धार्थ मल्होत्रा लीड रोलमा छन्। सिद्धार्थले फिल्ममा रअ एजेन्टको भूमिका निभाउनेछन्।
देशका लागि बलिदानी दिने अधिकारीहरुको कथा फिल्मले भन्नेछ। फिल्को फर्स्ट लुक पनि सार्वजनिक भइसकेको छ।
The deadliest covert operation undertaken by our intelligence agency behind enemy lines!
— RSVP Movies (@RSVPMovies) December 23, 2020
Presenting the first look of #MissionMajnu@SidMalhotra @iamRashmika @RonnieScrewvala @amarbutala #GarimaMehta @GBAMedia_Off #ShantanuBagchi @aseem_arora @Sumit_Batheja @pashanjal pic.twitter.com/MjF81f3war
दक्षिण भारतमा पछिल्लो समय लोकप्रिय अभिनेत्री रश्मिकाले भने भाषाले आफूलाई बाधा नगर्ने बताएकी छन्। दर्शकसँग जोडिन आफू जुनसुकै भाषाको फिल्ममा पनि काम गर्न तयार रहेको उनको भनाई छ। मिसन मजनूबाट बलिउडबाट डेब्यु गर्न पाउँदा रश्मिका उत्साहित छिन्।
फिल्मको शुटिङ आगामी फेब्रुअरीबाट हुने बताइएको छ।
