PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय कमिटी!



प्रकाश भण्डारी

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय कमिटी!

काठमाडौं : पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पुस १४ गतेदेखि देशभर प्रदर्शन गर्ने सहितका संघर्षका कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकले निर्णय गरेसँगै नेकपाको यो समूह शुक्रवारदेखि नै आन्दोलनका लागि सडकमा उत्रिने छ।

गएको ७ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीबाट नेता भीम रावलले पेश गरेको संघर्षको कार्यक्रम पारित गर्दै केन्द्रीय कमिटीमा पेश भएको हो। २ हजार ५ सय १ जनाको आन्दोलन परिचालन कमिटी समेत गठन गर्ने निर्णय भएको छ।

बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार १० गते साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने, निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। त्यस्तै, भोलि २ बजे पत्रकार सम्मेलन गर्ने, १२ गते जिल्ला स्तरीय भेला गर्ने, भोलि नै प्रदेश स्तरीय भेला आयोजना गरिने छ।   

त्यस्तै, पुस १४ गते देशभर प्रदर्शन २० गते नगरभेला, २५ गते सम्म वडास्तरका भेला र जिल्ला कमिटीबाट थप आन्दोलनका कायक्रम तय गर्ने निर्णयसमेत बैठकमा पेश गरिएको थियो। त्यस्तै, पुस १४ गते नै पेशागत संगठनको भेला गर्ने जनाइएको छ। आन्दोलनका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजक्तवमा आन्दोलन परिचालन कमिटी गठन भएको हो। 

आन्दोलनमा सबै स्थायी कमिटी सदस्यहरुलाई परिचालन गरिने समेत भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell