PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

गृहमन्त्री ओलीतिर गएपछि उनका सल्लाहकार सुवेदीले दिए राजीनामा



पहिलोपोस्ट

गृहमन्त्री ओलीतिर गएपछि उनका सल्लाहकार सुवेदीले दिए राजीनामा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री ओली समूहमा गएपछि उनका सल्लाहाकार सूर्य सुवेदीले सल्लाहकारको पदबाट राजिनामा दिएका छन्।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र कित्ताकाट चर्को रुपमा देखा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल - नेपाल समूहतिर नेता तानातान छ। केही दिन चुपचाप रहेका गृहमन्त्री थापा बिहीवार भने ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि सल्लाकार सुवेदीले राजीनामा दिएका हुन्।

सुवेदीले आज दिउँसो गृहमन्त्रीको सल्लाहाकार भूमिकामा नरहेको जानकारी दिएका छन्। उनी प्रचण्ड- नेपाल समूहमा गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell