PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

देउवाको प्रस्तावमा काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय



नेत्र तामाङ

देउवाको प्रस्तावमा काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिए प्रमुख प्रतिपक्षी दल  नेपाली काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।

आउँदो पुस १३ गते ती निर्वाचन क्षेत्रमा विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 'यो काँग्रेस एक्लैले प्रदर्शन गर्न लागेको हो,' प्रवक्ता शर्माले भने। 

पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा विरोध कार्यक्रम तय भएको शर्माले जानकारी दिए। थप निर्णयका लागि काँग्रेस केन्द्रीय समिति बैठक जारी छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध कायम गरेको आरोप खेप्दै आएका छन्। प्रधानमन्त्रीको कदमको विरोध भए पनि निर्वाचनमा जाने रणनीतिमा देउवा देखिएसँगै रामचन्द्र पौडेल पक्षधर नेताहरु कडा प्रतिवादमा उत्रिएका छन्।

एकातिर काँग्रेसले ओलीको कदमको कडा आलोचना गरेको छ भने अर्कातिर चुनावमा जाने रणनीति पनि कतिपय नेताले बनाइरहेका छन्। निर्वाचनमा जाँदा घुमाउरो हिसाबले ओलीको कदमलाई समर्थन हुने देखिएको भन्दै त्यसको विरोध पनि भइरहेको छ। निर्वाचनमा जाने अथवा सडक आन्दोलनमा जाने भन्नेमा प्रष्ट नभइसकेको काँग्रेसको निर्णयले मुलुकको राजनीति कता जान्छ भन्ने आँकलन गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell