PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीले संघीयता मनैदेखि रुचाएका छैन, खारेज गर्नुको विकल्प छैन: केसी, ‘अदालतले संसद पुनर्स्थापना गर्नुपर्छ’



पहिलोपोस्ट

ओलीले संघीयता मनैदेखि रुचाएका छैन, खारेज गर्नुको विकल्प छैन: केसी, ‘अदालतले संसद पुनर्स्थापना गर्नुपर्छ’

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमको सर्वोच्च अदालतले निकास दिनुपर्ने बताएका छन्। अब संसद पुनर्स्थापनाको विकल्प नभएको उनको भनाई छ।

रिपोर्टर्स क्लबद्वारा बुटवलमा गरेको साक्षात्कारमा पूर्व उपप्रधानमन्त्री केसीले नेकपाभित्रको गुटको बिबाद समाधान गर्न नसकेर ओलीले संसद नै भंग गरेर कु गरेको बताए। ‘यस्तो काम पनि गर्ने हो, आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाई अधिकार छैन, अदालतको निर्णयले अब संसद पुनर्स्थापना गर्नुपर्छ,’ उनले भने।

देश कोरोनाका कारण तहसनहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बौ रकम सक्ने, दलालहरुलाई अवसर दिने, अवसरवादीलाई अगाडि ल्याउने काम हुने र यसो हुँदा झन् राजनीति खत्तम हुने भन्दै केसीले चिन्ता व्यक्त गरे।

संसद विघटनको विरुद्धमा सर्वोच्चले आदेश दिनुपर्ने भन्दै उनले मुलुकलाई दर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताए। ‘अब सबै प्रजातन्त्रवादी शक्तिहरु एक हुनुपर्छ, गतल कामको विरोधमा पत्रकार, नागरिक समाज तथा सरोकारवाला सबैले पनि भूमिका खेल्नुपर्ने बेला आएको छ,’ उनले भने।

संघीयता मनैदेखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नुको विकल्प नभएको समेत तर्क गरे। नेपालमा कम्युनिस्ट पार्टी नै नरहेको भन्दै उनले कम्युनिस्टको नाममा खोल ओढ्नेहरुको बिगबिगी रहेको समेत टिप्पणी गरे।

उनले स्थानीय तहलाई बलियो बनाउने र प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell