काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक 'सी' डिभिजन लिग मार्च १४ (चैत १) बाट सुरु गर्ने तयारी अघि बढाएको छ। यसका लागि एन्फाले 'सी' डिभिजन क्लबका प्रतिनिधिहरुसँग बिहीवार एन्फा कम्प्लेक्स, सातदोबाटोमा छलफल गरेको थियो।
कोभिड महामारीका कारण निर्धारित मितिमा सुरु गर्न नसकिएको सी डिभिजन लिगका लागि एन्फाले तयारी खर्च पनि बढाएर दिने भएको छ। तयारी रकममा दुई लाख थपेर क्लबहरुलाई नौ लाख रुपैयाँ प्रदान गर्ने तयारी एन्फाले थालेको हो।
छलफलमा स्वास्थ प्रोटोकल बारे पनि एन्फाले जानकारी गराएको थियो।
यसअघि नै एन्फाले कोरोनाकै कारणबीचमै रोकिएको शहीद स्मारक 'बी' डिभिजन लिगलाई फेब्रुअरी २३ (फागुन ११) बाट सञ्चालन गराउन तयारी अघि बढाएको छ।
