PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीको कदमविरुद्ध नेपाल बन्दसम्मको कडा आन्दोलन गर्छौं: अध्यक्ष प्रचण्ड



पहिलोपोस्ट

ओलीको कदमविरुद्ध नेपाल बन्दसम्मको कडा आन्दोलन गर्छौं: अध्यक्ष प्रचण्ड

काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले संसद विघटनको कदमविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन्।

आफू पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे।

शान्ति प्रक्रियामा आएपछि बन्द हड्तालका कार्यक्रमलाई निरुत्साहित गर्नुपर्ने भन्दै आएका प्रचण्डले बिहीवार अचानक नेपाल बन्द गर्नेसम्मको विकल्प अघि सारेका हुन्।

उनले बैठकमा भने, ‘अढाई बर्षमा मैले तितामिठा अपमान, बम्बार्ड त बुर्जुवा महसुस गरे। ठिक समयमा निर्णय गरियो। हामीलाई मन्द बिष पिलाएर मार्न खोजिएको रहेछ। हामी कडा आन्दोलनमा जानुपर्छ। नेपाल बन्दसम्मको पनि हुनसक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell