काठमाडौं : नौ महिनापछि सिनेमाघर खुल्दै छन्। शुक्रवार नेपाली फिल्महरू 'आमा' र 'सेन्टिभाइरस' साथै हलिउड फिल्महरू 'ब्लडसट' र 'द इन्भिजिवल म्यान' प्रदर्शनसहित हल खुल्न लागेका हुन्। यसै विषयमा खुशी व्यक्त गरेकी छिन् अभिनेत्री केकी अधिकारीले। उनले भावुक हुँदै स्टाटस लेखेकी छिन् : सुरक्षित र सजग रही फिल्म क्षेत्रलाई पुनर्जीवन दिउँ।
केकीले सिनेमाघर आफ्ना लागि कार्यालय, विद्यालय र मन्दिर समेत भएको जनाएकी छिन्। आफ्नो आयस्रोत, ज्ञान र आफूले प्राप्त गर्ने आषिशको मूल थलो सिनेमाघर लामो समयदेखि बन्द रहेको अवस्थामा खुल्ने खबरमा खुशी व्यक्त गरेकी हुन्। लेखेकी छिन्,'चलचित्र भवनहरू खुल्दैछन्। थोरै भावुक छु। थोरै पुलकित छु। जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु।'
पर्दामा फिल्म हेर्दै सयौँ दर्शकहरुसँगै हाँस्न। र, कहिले दृश्यमा डुबेर स्तब्ध भइ आँशु झार्न व्यग्र प्रतीक्षामा रहेको बताएकी छिन्। 'चलचित्र भवन भित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तराल पछि फेरि मिल्दैछ। सूरक्षित र सजग भइ स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ।'
चलचित्र भवन मेरो लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो। मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आषिशको मूल...
Posted by Keki Adhikari on Wednesday, December 23, 2020
