PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओली पक्षको केन्द्रीय कमिटी बैठकमा बादलको दाबी: संसद विघटन क्रान्तिकारी र अग्रगामी कदम



पहिलोपोस्ट

ओली पक्षको केन्द्रीय कमिटी बैठकमा बादलको दाबी: संसद विघटन क्रान्तिकारी र अग्रगामी कदम

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसद विघटन निर्णय क्रान्तिकारी र अग्रगामी कदम भएको बताएका छन्।

बिहवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन्। स्थायी सरकार गठनको लागि संसद भंग निर्णय अपरिहार्य गरेकोसमेत उनले दाबी गरे। 

बैठकमा गृहमन्त्री थापाले भने,'सरकार काम चलाउ भएको छ। यो असाधरणस्थिति हो। जनताले स्थायी सरकारको जनादेश दिएका थिए। तर, त्यसो भएन त्यसैले अहिलेको यो कदम क्रान्तिकारी र अग्रामी हो।'

संसद भंग भएपछि थापा केही दिन कुन गुटमा जाने खुलेर बोलेका थिएनन्। आज मात्र उनी ओली पक्षको केन्द्रीय कमिटीमा सहभागी भएका हुन्। उनले फेरी चुनाव मार्फत दुई तिहाईको राष्ट्रिय सरकार गठन गरेर स्थायी सरकार बनाउने उनले दावीसमेत गरे।

त्यस्तै गृहमन्त्री थापाले नेकपा एकतादेखि नै प्रतिगामी शक्तिहरु कम्युनिष्ट पार्टीलाई विभाजन गराउन लागि परेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell