काठमाडौं : नेपालमा थप ६१३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ५ हजार ५१० जनाको नमुना परीक्षणका क्रममा २३३ महिला र ३८० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ५६ हजार ५९२ पुगेको छ। त्यस्तै थप ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ८०८ पुगेको छ।
हालसम्म संक्रमण पुष्टि भएका मध्ये दुई लाख ४७ हजार ४०० जना संक्रमण मुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ७३९ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। योसँगै हाल नेपालमा ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
