PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओलीको केन्द्रीय कमिटीको निर्णय : प्रचण्डको कार्यकारी पद खोसियो, अध्यक्ष भने कायमै



पहिलोपोस्ट

ओलीको केन्द्रीय कमिटीको निर्णय : प्रचण्डको कार्यकारी पद खोसियो, अध्यक्ष भने कायमै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी पदबाट हटाएको छ।

प्रचण्ड हाल पनि पार्टीको अध्यक्ष रहेको तर संगठनका काम गर्ने अधिकारबाट हटाइएको ओली पक्षका नेता रामसरण बजगाईले भने।

प्रचण्डलाई कारबाही नगरेको पनि उनले स्पष्ट पारे।

उनले भने, ‘प्रचण्डको कार्यकारी पद खोसिएको हो। कारबाही गरेको होइन। संगठनका काम गर्ने अधिकारबाट हटाइएको हो। अध्यक्ष अहिले पनि हुनुहुन्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली पक्षधर नेताहरुको बैठक बसेको थियो। त्यस्तै, बबरमहलमा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो। प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सरकारविरुद्ध संघर्षका कार्यक्रम तय गर्दै सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell