PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

प्रचण्ड-नेपाल पक्षले बबरमहल र बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

प्रचण्ड-नेपाल पक्षले बबरमहल र बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले काठमाडौंमा मसाल जुलुस निकालेको छ। सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले बबरमहल र बिजुलीबजारमा मसाल जुलुस निकालेको हो।

संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षको बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले सरकारविरुद्ध देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell