PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

राजस्व छलीमा पाँच फर्मविरुद्ध मुद्दा दायर, १९ करोड ९६ लाख बिगो दाबी



पहिलोपोस्ट

राजस्व छलीमा पाँच फर्मविरुद्ध मुद्दा दायर, १९ करोड ९६ लाख बिगो दाबी

काठमाडौंः झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्न फर्मलाई तीनवटा मुद्दा दायर गरेको छ। विभागले मुख्य कूल १९ करोड ९६ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

विभागले ललितपुर सानेपास्थित कविला सप्लायर्स सेन्टरका किशोर चौधरी, शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सीतादेवी जयसवाल तथा काठमाडौँ काँडाघारीको जयश्री गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरीविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले किशोरविरुद्ध दुई करोड १४ लाख ३० हजार २३८ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै जयसवालसँग पाँच करोड 88 लाख 65 हजार 919 रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै मुकेशविरुद्ध विभागले पाँच करोड ३२ लाख  १६ हजार १६८ रुपैयाँ बिगो दाबी गरेको छ। तीन फर्मविरुद्ध १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ बिगो दाबी विभागले गरेको छ।

तीनवटै फर्मलाई आयकर छलीमा पनि मुद्दा चलाइएको छ।

यस्तै झुट्टा विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा विभागले बाराको शिवम ट्रेडर्स एण्ड सप्लायर्सविरुद्ध पनि चार करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

यस्तै राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गरेको अभियोगमा विभागले कास्कीको अनुष्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिमल्सिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। कूल एक करोड ८२ लाख ५३ हजार ४६१ रुपैयाँ बिगो दाबी विभागले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell