PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘क्रिसमस इभ’मा रमाएका स्यान्टाहरु

‘क्रिसमस इभ’मा रमाएका स्यान्टाहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शुक्रवार क्रिसमस। जिजस क्राइस्ट (यशु क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्।

क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण यसपटक पहिला वर्षहरुमा झै क्रिसमस इभको रौनक देखिएन।

काठमाडौंमा पनि इभको दिन  विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिन्थ्यो। तर संक्रमणका कारण यसपटक क्रिसमस इभको माहोल सीमित भएको छ।

यसबीच काठमाडौंको जोरपाटी नारायणटारमा रहेको एचसीएम चर्चमा क्रिसमस इभ मनाइएको छ।

चर्चमा बालबालिका र युवाहरु 'स्यान्टा क्लज'को रुपमा भेला भएका थिए। उनीहरुले एकआपसमा 'मेरी क्रिसमस' भन्दै येशुको जन्मदिनको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell