काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह सडकमा उत्रिएको छ। बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार नेकपाको यो समूह आज देखि सडकमा उत्रिएको हो।
'हामी यहाँ छौं' भन्ने नारासहितको प्लेकार्ड भिरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', अर्का अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु सडकमा माइतीघरमा सडकमा पलेँटी कसेर बसेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको छ। अर्को तिर ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निस्कासन गरेको छ।
