PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रतिनिधिसभा विघटनको विषयमा पाँच जनाको संवैधानिक इजलासमा सुनुवाई, सबैको नजर अदालततिर



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटनको विषयमा पाँच जनाको संवैधानिक इजलासमा सुनुवाई, सबैको नजर अदालततिर

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको १४ वटा रिट संवैधानिक इजलासमामा आज सुनुवाई हुँदैछ।

बुधवार प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो। निवेदकहरुले प्रतिनिधिसभा विघटन रोक्न आन्तरिम आदेश मागेका थिए। तर, जबराले अन्तरिम आदेश दिन भने अस्वीकार गरेका थिए।

प्रधान न्यायाधीश जबराले आफूसहित पाँच जनाको इजलास तोकेका छन्। इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसी रहेका छन्। 

सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विषयमा दिने फैसलाले मुलुकको राजनीतिक भविष्य निर्धारण हुने भएकाले आज सबैको ध्यान खिचिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell