अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले केही दिनअघि एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। उनले बार्सिलोनाका लागि ६४४ गोल गर्दै महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमान भंग गरे। उनले भालाडोलिड विरुद्ध गोल गर्दै कीर्तिमान बनाएका थिए। लगत्तै उनका समर्थकहरुले यसअवसरमा आफ्नो हिसाबले सेलिब्रेसन गरे।
𝗦𝗶𝘅! 𝗙𝗼𝗿𝘁𝘆! 𝗙𝗼𝘂𝗿! 🐐 pic.twitter.com/nP1eB8a14m
— FC Barcelona (@FCBarcelona) December 22, 2020
उता, वियर बनाउने कम्पनी बडवाइजरले मेस्सीको उपलब्धिमा अलग तरिकाले सेलिब्रेसन गरेको छ। उक्त कम्पनीले ती सबै गोलकिपरहरुलाई एक विशेष वियरको वोतल पठाएको थियो जसलाई छलाउँदै मेस्सीले गोल गरेका थिए। उक्त बोतलमा मेस्सीको तस्बीर सहित उनको त्यतिबेलाको गोलसंख्या समेत उल्लेख छ। कम्पनीले ६४४ गोलका लागि १६० गोलकिपरलाई ६४४ बोतल पठाएका थियो।
इटलीका गोलकिपर जियन लुइगी बफान जसको विरुद्ध मेस्सीले सन् २०१७ को च्याम्पियन्स लिगमा दुई गोल गरेका थिए उनलाई ५१४ र ५१५ नम्बरको दुईवटा बोतल पाएका थिए। उनले यसको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै मेस्सीलाई बधाई दिएका छन्।
उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, 'यो वियरका लागि धन्यवाद। मैले यसलाई एउटा सम्मानका रुपमा लिएको छु। हामीबीच एउटा राम्रो प्रतिस्पर्धा रह्यो। ६४४ गोलका लागि मेस्सीलाई बधाइ। बास्तवमा यो अविस्वसनिय उपलब्धि हो।
एटलेटीको मड्रिडका गोलकिपर जान ओल्बाकले एक क्रेट वियर आफुले एक क्रेट वियर अपेक्षा गरेको बताएका थिए। उनले करियरमा मेस्सीको ११ गोल खाएका थिए।
'मेस्सीले मलाई धेरै गोल गरेका छन्। साह्रै धेरै।' उनले स्काइस्पोर्टस्सँग भनेका छन्।
त्यस्तै चेल्सीका गोलकिपर केपा एर्रिजाबालगाले एथलेटिक विल्बाओमा रहँदा मेसीको दुई गोल खाएका थिए। उनले पनि तस्बिर सेयर गरेका छन्।
मेस्सी पेलेको कीर्तिमानलाई पछि पारेका थिए। हाल ८० वर्षका पेलेले १९ सिजन खेल्दै ब्राजिलियन क्लब सान्टोसबाट ६४३ गोल गरेका थिए।
