PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

निर्वाचन आयोग बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

निर्वाचन आयोग बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह आजदेखि सडकमा उत्रिएको छ।

बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार नेकपाको यो समूह आज देखि सडकमा जाने निर्णय गरेको थियो। आज बिहान माइतीघर देखि निर्वाचन आयोग आयोगसम्म र्‍याली सहित प्रर्दशन गरिएको थियो।

प्रर्दशनलाई व्यवस्थित र सुरक्षित बनाउनको लागि बाक्लो समुहमा सुरक्षाकर्मी परिचनालन गरिएको छ। निषेधित क्षेत्र निर्वाचन आयोगमा प्रर्दशनकारी प्रवेश गर्न सक्ने भएकाले त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा सुरक्षा प्रबन्ध मिलाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell